लोभ प्रलोभनमा पारी पटक पटक बलात्कारको प्रयास गर्न खोज्ने एक पक्राउ

१ श्रावण २०७७, बिहीबार २०:०८ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । सिरहामा लोभ प्रलोभनमा पारी पटक पटक बलात्कारको प्रयास गर्न खोज्ने एक जना पक्राउ परेका छन ।
युवतीमाथि जबरजस्ती गर्न खोजेपछि एक जना युवा पक्राउ परेका छन् ।

लकडाउनका बेला लोभ प्रलोभनमा पारि जबरजस्ती गर्न खोज्ने सिरहा जिल्ला कर्जन्हा नगरपालिका वडा नंं. १ रतनपुर बस्ने लक्ष्मण खत्रीलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका छन ।

पक्राउ परेका खत्रीको विरुद्धमा जबरजस्ती करणी मुद्धा शिर्षकमा जाहेरी दरखास्त दिएको हुँदा प्रतिवादीलाई पक्राउ गरि सम्मानित सिरहा जिल्ला अदालत सिरहावाट दिन १० को म्याद थप अनुमति प्राप्त भई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार