प्रचण्ड–ओलीबीच ३ घण्टा छलफल, केके विषयमा भयो कुराकानी ?

उज्यालो प्रतिनिधि ३१ असार २०७७, बुधबार समाचार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच आज पनि करिब ३ घण्टा भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुगेका थिए। त्यसपछि सुरु भएको अध्यक्षद्धयको एक्लाएक्लै भेटबार्ता अहिले दिउँसो करिब साढे २ बजे सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

आजको छलफल निर्णायक हुने भनिए पनि के सहमति भयो वा भएन भन्ने सार्वजनिक भइसकेको छैन। दुई अध्यक्षहरूबीच हिजो पनि एक सातापछि करिब एक घण्टा कुराकानी भएको थियो। पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्धयको जिम्मा दिएर स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ। बैठकअघि सहमति जुटाउने प्रयत्न भइरहेको नेताहरुले जनाउँदै आएका छन्।

पछिल्लो पटक दुवै अध्यक्षले विवाद समाधानउन्मुख रहेको सार्वजनिक अभिव्‍यक्ति दिएपछि केही समयका लागि मिल्ने अनुमान गरिएको छ। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी बोलेका सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीको विवाद उत्कर्षमा पुगेको हो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार