पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १२ सय ३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ् ।
आज थपिएका संक्रमतिमध्ये पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् । कोरोना पुष्टि भएको हो । उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित ४ जनाको स्वाब पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुरका संक्रमितको स्वाब जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा जाँचिएको थियो ।
यसैगरि, आज मात्रै गण्डकीका ६ जनाले कोरोना जितेर घर फर्केका छन् । स्याङ्जाका १ र कास्कीका ५ गरि ६ जना आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका हुन् । प्रदेशका कुल संक्रमितमध्ये ७ सय ८५ जनाले कोरोना जितेर घर फर्कि सकेका छन् ।