असन्तुष्ट नेताहरुसँग भेटघाट गरी विवाद मत्थर बनाउने प्रयासमा प्रधानमन्त्री ओली

उज्यालो प्रतिनिधि ३० असार २०७७, मंगलवार फोटो समाचार

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक लामो समय रोकिँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरु शक्ति सञ्चयमा लागेका छन् । असार १० गते सुरु भएको स्थायी कमिटी बैठक असार १८ देखि लगातार स्थगित भएपछि सोही समयको उपयोग गर्दै ओली निकट नेताहरुले निरन्तर असन्तुष्ट नेताहरुसँग भेटघाट गरी विवाद मत्थर बनाउने प्रयास गरिरहेका छन् ।

ओली निकटका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेल, विष्णु रिमाललगायतले दाहाल–नेपाल समूहका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन्। उनीहरु दाहाल–नेपाल समूहका नेताहरुसँग एक्लाएक्लै भेटघाट गरेर दूरी कम गराउन लागिरहेका छन्। दुई दिनअघि वानेश्वरस्थित एक घरमा महासचिव विष्णु पौडेलले नेपाल समूहका नेताहरुसँग छलफल गरेका थिए।

‘महासचिवलगायतका नेताहरुले समन्वय गरिरहनुभएको छ। उहाँहरुले विवाद घटाउने र शीर्ष नेताहरुको दूरी कम गराउने काम गरिरहनुभएको छ’, ओली निकट एक सदस्यले भने। उनका अनुसार पार्टी मिलाएर लैजानुपर्छ भन्ने अवस्थाबाट नै छलफल चलिरहेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार