झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु

२९ असार २०७७, सोमबार १८:४६ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता, गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका –५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार