ट्रकको ठक्करबाट घर क्षतिग्रस्त, ज्यान जोगियो, बास छैन

२९ असार २०७७, सोमबार १३:१४ मा प्रकाशित

रौतहट । जिल्लाको चन्द्रपुरस्थित वडा नं ६ मा ट्रकले घरमा ठक्कर दिदा घर पूर्णरुपले क्षति भएको छ । सोमबार गएराति लगभग १ बजेको समयमा चन्द्रपुर—६ बजार स्थित राईटोल निबासी गीता राईको घरमा एक ट्रकले ठक्कर दिएको हो ।

 

ट्रक तिब्र गतिमा अनियन्त्रित भई ठक्कर दिदा सोही टोलका तीन घर सहित हाटबजारमा रहेको ट्रसको टहरामा पनि क्षति पुगेको छ । चालकले मादक पदार्थ सेबन गरी चलाएको हुनाले ट्रक अनियन्त्रित भई घटना भएको हुनसक्ने स्थानिय गोपाल लामाले बताएका छन । राति सुतिरहेको बेला एक्कासी घरमा ट्रकले ठक्कर दिदा टोलका गीता राई, सन्जिव राईर बीरबहादुर राईको घरमा क्षति पुगेको जनाइएको छ । “सुति रहेका थियौ एक्कासी आवाज आयो , घरका काठ झर्याे र चोट लाग्यो,घरको अबस्था हेर्दा बिजोग छ, बर्षातको समयमा बस्ने घर पनि भत्कियो कहा बस्ने कहा सुत्ने ” पिडित गीता राईले सुनाईन् ।

सुतिरहेको बेला घटना भएका कारण घरका आठजना सामान्य घाइते भएको र सामान्य उपचार पश्चात घाइतेहरु घर फर्किसकेका भएपनि गिता राईलाई अलि बढी चोट लागेको जनाइएको छ ।

 

ना. ८ ख. १३७९ नम्बरको ट्रक अनियन्त्रित हुन गई एक्कासी घरमा ठक्कर दिएको हो । राति एक बजे ट्रक के कति कारणले हिड्यो भन्ने कुरा शंकास्पद रहेको भन्दै सो बिषयमा नि छानबिन गरीनुपर्ने स्थानियहरु बताउछन् । घटना गराउने ट्रक अहिले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार