झापा । अविरल वर्षाका कारण आएको बाढीले झापामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
घटनाबारे जानकारी पछि प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा ३५ वर्षीय राजेश गणेशको शव फेला पारेको हो । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए ।
त्यसैगरी भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् ।बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको स्थानीयले बताए । उनको खोजीकार्य भइरहेको छ ।