काठमाडौं । बलिउडका चर्चित नायक अमिताभ बच्चन र उनको छोरा नायक अभिषेक बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमित भएपछि उनीहरु अस्पताल भर्ना भएका छन । अमिताभले सामाजिक संजालबाट यो कुराको जानकारी दिएका हुन् ।
कोरोना परिक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनिहरु मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
७७ बर्षका अमिताभ बच्चनले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् ।
‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’ उनले सामाजिक संजालमा लेखेका छन ।