बाढीले पुर्याएको क्षति अवलोकन गर्न अध्यक्ष प्रचण्ड गृह जिल्ला चितवनमा

उज्यालो प्रतिनिधि २७ असार २०७७, शनिबार फोटो समाचार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान गृह जिल्ला चितवन पुग्नुभएको छ । भरतपुर महानगरपालिका २७ र २८ को सिमाना निउरेमा नारायणी नदीले कटान गरेको क्षेत्रको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले तटबन्धनको काम प्रभावकारी तरिकाले गर्न निर्देशन दिनुभयो ।

 

साे क्षेत्रमा नदीले ४ मिटर कटान गरिसकेको छ भने तटबन्ध निर्माणको कार्य पनि भइरहेको छ । तटबन्ध निर्माणमा खटिरहेका नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय युवाहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो । अवलोकनमा प्रदेश सांसदहरु कृष्ण भुर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार