भारतको सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकको भारत-पाकिस्तान सीमामा ज्यान गएको छ ।
भारतीय सेनाका हवलदार सम्बर गुरुङको जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल एलओसी क्षेत्र नजिक गोली लागेर मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा भारतीय सीमा रक्षाका लागि खटिएका थिए । गोली लागेर गम्भीर घाइते गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।
पाकिस्ताने युद्धविरामलाई उल्लंघन गर्दै भारतीय सुरक्षाकर्मीलाई गोलाबारी गरेको भारतीय सेनाको दावी रहेको छ ।