सभामुख सापकोटाको पहलमा अबरुद्ध अरनिको राजमार्ग तत्काल खुलाइने

उज्यालो प्रतिनिधि २६ असार २०७७, शुक्रबार समाचार

सिन्धुपाल्चोक। सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बाढी र पहिरोका कारण अबरुद्ध अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जुरे तातोपानी सडकखण्ड खुलाउने काम सुरु भएको छ । बिहीबार मात्रै जिल्लाको बाह्रबिसेको जम्बुक्षेत्र पुगेर फर्कनुभएका सभामुख सापकोटाले तत्काल राजमार्ग सुचारु गर्न पहल गर्नुभएको थियो ।

उहाँले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा सम्बद्ध सरकारी अधिकारी, जिल्लाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री, स्थानीय तहका प्रतिनिधि र जिल्लाका राजनीतिक नेताहरुसँग छलफल गरी तत्काल सडकमार्ग खुलाउने उपायबारे छलफल गर्नुभएको हो । सभामुख सापकोटाले तत्कालीन उपाय अपनाएर टुटेको सडक सम्पर्क स्थापित गर्नुपर्नेमा जोड दिंदै आफूले यसका लागि पहल जारी राखेको बताउनुभयो ।
छलफलमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले क्षति भएका स्थानमा अस्थायी बाटो बनाएर सडक सम्पर्क स्थापित गरिनुपर्ने बताउनुभयो । उहाँले तत्काल बाटो खोल्ने र सम्पर्क कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्कीले बाटो खुलाउने काम सुरु गरिसकिएको जानकारी दिनुभयो । कामका सिलसिलामा स्थानीय स्तरमा आउनसक्ने अप्ठेरोमा सहजीकरण गरिदिन सचिव कार्कीको आग्रह थियो ।
सडक विभागका महानिर्देशक केशब कुमार शर्माले अरनिको राजमार्ग अन्तर्गत जुरेदेखि तातोपानीसम्म ११ ठाउँमा मुख्य क्षति भएको बताउनुभयो । उहाँले जुरेमा अबरुद्ध बाटो बनाउने काम जारी रहेको र कुनै अबरोध नभए केही दिनमै बाह्रविसेसम्मको बाटो सुचारु हुने विश्वास व्यक्त गर्नुभयो ।
खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज हाल्नुपर्ने प्रारम्भिक प्रतिवेदन आएको र स्थलगत अवलोकनपछि मात्रै विस्तृत विवरण आउने उहाँको भनाई छ । महानिर्देशक शर्माले स्थानीय तहहरुसँग भएका स्काभेटरहरु प्रयोग गरेर अबरुद्ध बाटो खुलाउन विभागले प्राविधिक सहयोग उपलब्ध गराउने स्पष्ट गर्नुभयो ।
छलफलमा सहभागी नेकपाका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले बाढीले पक्की पुलसमेत बगाएकोले यथासक्य छिटो बेलिब्रिज हालेर बाटो खुलाउनुपर्नेमा जोड दिनुभयो ।

पहिलो चणमा एम्बुलेन्सलगायतका साना सवारीसम्म चल्ने बाटो बनाउने र दोस्रो चरणमा सामान ढुवानीका लागि बाटो बनाउनुपर्ने उहाँको सुझाव थियो । अर्का केन्द्रीय सदस्य सरल सहयात्रीले बाह्रबिसेदेखि जम्बुखण्डको बाटोमा धेरै क्षति पुगेकोले अस्थाई रुपमा बाटो सञ्चालनका लागि बाह्रबिसेबाट खोलावारीको बाटो मर्मत गरी जम्बुसम्म पुग्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि स्थानीयस्तरमा सहजीकरण गरिने बताउनुभयो ।
नेकपाका सिन्धुपाल्चोक अध्यक्ष झम्क नेपाल र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले स्थानीय स्तरमा आउने समस्या समाधान र सहजीकरणका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यही असार २४ र २५ गते रातिका भारी बर्षापछि आएको बाढी र पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ ।
बाढी र पहिरोले अरनिको राजमार्गको बाह्रबिसे नगरपालिका अन्तर्गत जुरे सडकखण्ड, बाह्रबिसे चौकी नजिक हुँदै खुर्सानीबारी व्यारेक मुनिको सडक, खागदल खोला पक्की पुलमा क्षति र खागदल क्षेत्रको सडकखण्ड, खागदलदेखि जम्बु जाने सकडखण्ड, जम्बु बजार क्षेत्र, नयाँ पुल सडकखण्डमा क्षति पुगेको छ ।
यस्तै भोटेकोशी गाउँपालिका अन्तर्गत बुल्कुटे पुल र सडकखण्ड, डाक्लाङ सडकखण्ड, खोकुण्डोल सडकखण्ड, लार्चा बेलिब्रिज क्षेत्रको सडकखण्ड, १० किलो सडकखण्ड र तातोपानी–धारामाथिको सडकखण्डमा क्षति पुगेको छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार