विद्यार्थीलाई टोल टोलमा ‘गृहकार्य कापी’

उज्यालो प्रतिनिधि २६ असार २०७७, शुक्रबार फोटो समाचार

दाप्चा । जिल्लाको एक सामुदायिक विद्यालयले लकडाउनको अवधीमा विद्यार्थीलाई अध्ययन–अध्यापन गराउन ‘गृहकार्य’ गराएको छ । नमोबुद्ध नगरपालिका– ८ मा रहेको दाप्चा माध्यमिक विद्यालयले टोल–टोलमा नै विद्यार्थीलाई ‘गृहकार्य कापी’ पु¥याएको हो । सोही समयमा कोरोनाबाट बच्ने सुरक्षाका उपायबारे पसन जानकारी गराइएको छ ।

‘शहरका विद्यालयले अनलाइन क्लास चलाएका छन्, हाम्रा कतिपय अभिभावकसंग मोबाइल समेत छैन, भएपनि नेटवर्कको समस्या छ त्यस कारण विद्यार्थी भेला गरेर गृहकार्य गरायौं,’ विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीले भने, ‘अभिभावकलाई १५ दिन अघि खबर गरेर शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर गृहकार्यसहितको कापी बाडेको थियौं, १५ दिनपछि फेरी गएर संकलन गरेका हौं ।’ विद्यार्थीलाई पढ्ने बानी नहटोस् भन्नका लागि यसो गरिएको अधिकारीले जानकारी दिए । साविक डराउनेपोखरी गाविसको एक मात्रै माध्यमिक विद्यालयमा करिब २ सय ५० विद्यार्थी अध्ययन गर्छन् । भौगोलिक रुपमा कठिन भेगको उक्त स्कुलमा कतिपयविद्यार्थीहरु दैनिक डेढ घण्टा पैदल हिडेर आउछन् ।

गृहकार्य वितरण र संकलन गर्दा सुरक्षाका पर्याप्त उपाय अपनाएको र भौतिक दुरी कायम गरेको शिक्षक किशोर अधिकारीले जानकारी दिए ।‘विद्यालयमा पनि भौतिक दुरी कायम गरेर शिक्षकहरुले विद्यार्थीहरुको लागि कापीमा गृहकार्य तयार गर्यौ,’ अधिकारीले भने, ‘शिक्षकहरु विभिन्न टोलमा परिचालन भएर बाड्र्यौ र १५ दिनपछि संकलन गरेका छौं, अब त्यो परिक्षण गर्छौं ।’ विद्यालयले सरकारी पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि विद्यार्थीलाई उपलव्ध गराइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार