खोपासी-ताल्ढुङगा सडक खण्ड अवरुद्ध

२६ असार २०७७, शुक्रबार १८:५२ मा प्रकाशित

डिबी लामा, काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका जोड्ने खोपासी-ताल्ढुङगा सडक खण्ड अबरुद्ध भएको छ । अबिरल बर्षा भए संगै उक्त सडकखण्ड अबरुद्ध भएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालका अनुसार स्याउरीथली र फलाँटेमा पहिरो गएकोले सडक अवरुद्ध भएको उज्यालो नेट्वर्कलाई जानकारी दिए ।

‘अविरल बर्षाका कारण स्याउरीथली र फलाँटेमा पहिरो गएको छ । जस्ले गर्दा सदरमुकामसँग जोड्ने छोटो दुरीको सडक अवरुद्ध हुँदा स्थानियबासी हिंडेर आउने गरेका छन । हामी चाडै नै सडक मर्मत गर्ने तयारीमा छौ ।” उनले भने ।

बर्षा सुरु भएसँगै उक्त सडकखण्ड अबरुद्ध हुँदै आएको छ । फोटो सामाजिक सञ्जाल ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार