मन्त्री दुलाल सहित प्रदेशका तीन मन्त्री उद्धारका निम्ती बाढी ग्रस्त क्षेत्र प्रस्थान

२५ असार २०७७, बिहीबार १२:०३ मा प्रकाशित

सिन्धुपाल्चोक । जिल्लाको बाह्रविसेमा आएको बाढी पहिरोले क्षति गरेपछि उद्दारका लागि बागमती प्रदेशका माननीय सामाजिक बिकास मन्त्री युवराज दुलाल,माननीय उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्री अरुण नेपाल साथै माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकट्टेलको सयुक्त टोली उक्त क्षेत्र प्रस्थान गर्न लागेको हो।

माननीय सामाजिक बिकास मन्त्रीका प्रमुख स्वकीय सचिव सि.पि दुलालका अनुसार हेलिकप्टर लिएर उद्दारका लागि जान लागिएको कुरा उज्यालो नेटवर्कलाई जानकारी दिए ।

सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार बगाएको छ भने बाढीको बितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् भने २ जनाको शव फेला परेको छ ।

भारी वर्षासँगै गएराती ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले बजार बगाएको हो । पहिरोमा जम्बु निवासी २० वर्षिय निकेश बस्नेत र उनको ३ वर्षिय छोरीको शव फेला परेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार