नेकपा-कांग्रेस ‘डिल’ : केन्द्रीय समितिमा देउवाले के भने ?

उज्यालो प्रतिनिधि २२ असार २०७७, सोमबार समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको आन्तरिक कलहबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच वार्ताबारे आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा ब्रिफिङ भएको छ।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफल भएको स्वीकार्दै यसबारे सदस्यलाई ब्रिफिङ गरेका हुन्।

उनले नेकपाको आन्तरिक विवादमा कांग्रेसलाई खासै रुचि नभएको स्पस्ट पार्दै नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने बारे कुनै डिल नभएको बताए।

आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे बाहिर भएको चर्चाबारे स्पस्ट पार्न देउवालाई आग्रह गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार