मिर्चैया पशु सेवा शाखाद्धारा अनुगमन

उज्यालो प्रतिनिधि २० असार २०७७, शनिबार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । जिल्लाको मिर्चैया नगरपालिकामा सञ्चालित मासु पसल, दुध डेरी उद्योगलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले शुक्रवार अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको पशु सेवा कार्यालय मिर्चैयाका संयोजक नागेश्वर हाथीले जानकारी दिए ।

अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका अधिकृत युगेश्वर साहले बताए । मिर्चैयाको थाना चौक र कटारी चौक सम्म रहेका मासु पसल, दुध डेरी उद्योग संचालित पसलहरुमा अनुगमन गरीएको मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादबले बताए ।

अनुगमन टोलीमा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, पशु सेवा केन्द्र मिर्चैयाका संयोजक नागेश्बर हाथी, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, पशु सेवा कार्यालय मिर्चैयाका अधिकृत युगेश्वर साह, मिर्चैया उद्योग बाणिज्य संघ सचिव भरत महासेठ,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब, मिर्चैैया नगरपालिकाका कर्मचारी धन्जय महतो,ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रतिनिधि,संचारकर्मी लगायत सहभागिता रहेका थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार