सिन्धुपाल्चोक इन्द्रावती १२ मा ११ महिने बालकसहित ३ जनामा कोरोना पुष्टि

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका १२ मा ११ महिने बालक सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाको वडा नम्बर १२ मा रहेको विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएका उनीहरुको स्वाब परिक्षण गरिएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

१६ गते सोमबार क्वारेन्टाइनमा राखिएका ७ जनाकै स्वाब संकलन गरि टेकु अस्पताल पठाइएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दुर्गादत्त चापागाईले उज्यालो नेटवर्कलाई जानकारी दिए । उनका अनुसार स्वाब संकलन गरि पठाइएको ७ जना मध्ये ११ महिने नाबालक सहित भिमटारकै २३ र २६ बर्षका पुरुषमा पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएका उनीहरुलाई मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखेर उपचार गरिने स्वास्थ्य अधिकृत चापागाईले बताए।
संक्रमित तीनैजना भारत लगायत विभिन्न जिल्लाबाट आएको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कमल रत्न दनुवारले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार