बुधबारको बैठकमा बोल्ने स्थायी कमिटि सदस्यहरुले पनि मागे प्रधानमन्त्रीको राजीनामा

१७ असार २०७७, बुधबार १४:५६ मा प्रकाशित

काठमाडौं । बुधबारको स्थायी कमिटि बैठकमा बोल्ने स्थायी कमिटि सदस्यहरुले प्रधानमन्त्रीको राजीनमा मागेका छन् ।

बैठकमा ५ जना नेताहरूले धारणा राखेपछि बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए।

उनीहरुले पार्टी अध्यक्ष समेत रहेका ओलीको राजीनामा मागेका हुन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार