प्रचण्ड निकट मन्त्रीलाई ओलीले बैठकमै बोलाएनन्

१७ असार २०७७, बुधबार १०:४० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जारी स्थायी समितिका बारेमा छलफलका लागि बोलाइएको वैठकमा अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निकट नेतालाई सहभागी नगराइएको बालुवाटार स्रोतले जनाएको छ।

छलफलका लागि मन्त्री रहेका आफू खेमाका र वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यलाई मात्र ओलीले बोलाएको स्रोतले जानकारी दिएको छ।

ओलीले प्रचण्ड निकट वर्षमान पुन, शक्तिबहादुर बस्नेत तथा गिरिराजमणि पोखरेललाई वैठकमा बोलाएका छैनन्।

ओलीले नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराईलाई वैठकमा सहभागी गराएका छन्। त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अर्का नेता लेखराज भट्ट बैठकमा सहभागी छन्।

गत वैशाखमा भएको सचिवालय वैठकमा कतिपय सचिवालय सदस्यहरूले प्रधानमनत्री ओलीको राजीनामा मागेका थिए। त्यो बेलामा सचिवालय सदस्यसमेत रहेका बादलले प्रधानमन्त्रीको राजीनामा माग्न नहुने बताएका थिए।

त्यसैगरी मन्त्री भट्टले प्रधानमन्त्री ओलीलाई हटाउने विषयको सार्वजनिक रूपमै

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार