“पहिलो लहर अझै सकिएको छैन, लामो समयसम्म रहन सक्छ कोरोना”

१७ असार २०७७, बुधबार ०९:०९ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरस महामारीबिच धेरै कुराहरुको अनुमान,अनुसन्धान र अध्ययन भैरहेको छ । चीनको सेन्टर फर डिजीज कन्ट्रोलका प्रमुख महामारी रोग विशेषज्ञ वु जुनयूले कोरोना भाइरसको पहिलो लहर अझै नसकिएको र अझै लामो समय रहने बताएका छन् ।

कोरोना भाइरसले मानिसहरुको जीवनयापन र काम गर्ने शैलीमा परिवर्तन ल्याउने उनले बताएका छन् । चीनमा पछिल्लो समय बेइजिङमा कोरोना संक्रमण देखिउपछि उच्च सतर्कता अपनाउँदै भाइरस रोकथामका लागि कामहरु भइरहेका छन् ।

उनले चीनमा कोरोनाको पहिलो लहर नै नसकिएको बताएका छन् । दोस्रो लहरको चर्चा उनले खारेज गरेका छन् । उनका अनुसार जनवरीदेखि कोरोना भाइरसको प्रभाव बढेको र यो हालसम्म पनि चलिरहेको उनले बताएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार