अमेरिकामा एकैदिन ४६ हजारभन्दा बढी कोरोना संक्रमित फेला

१७ असार २०७७, बुधबार ०८:४४ मा प्रकाशित

एजेन्सी । अमेरिकामा एकैदिन ४६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

संक्रमितमध्ये अधिकांश युवाहरु रहेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा हालसम्म २७ लाख २७ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३० हजार १२२ भन्दा बढी संक्रमितको ज्यान गइसकेको छ ।

मंगलबारमात्रै ७६४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

११ लाख ४३ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।

झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार