भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार पार

१७ असार २०७७, बुधबार ०८:३३ मा प्रकाशित

नयाँ दिल्ली । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १७ हजार ४१० जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन १८ हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ भने एकैदिन ५०६ जनाभन्दा बढीको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजारभन्दा बढी पुगेको छ ।

त्यस्तै ३ लाख ४७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार