विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८३ हजार नाघ्यो

१७ असार २०७७, बुधबार ०८:१६ मा प्रकाशित

काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) बाट संक्रमण पुष्टि भएकाहरुको संख्या १ करोड ५ लाख ८३ हजार नाघेको छ । वल्डोमिटर्सकाअनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ७४ हजारभन्दा बढीले बढेको हो ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख १३ हजार ८६१ पुगेको छ ।

५७ लाख ९४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ५७ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार