स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको जवाफ, ‘म बाँचुन्जेल चुनाव लड्छु’ 

१७ असार २०७७, बुधबार ०८:३९ मा प्रकाशित

काठमाडौं । नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ । यहीबीचमा स्थायी कमिति बैठकमा प्रधानमन्त्रीले केके भने ?

तपाईं बडो त्यागको कुरा गर्नुहुन्छ, तर के त्याग खोज्नुभएको हो ? म अर्कोपटक प्रतिस्पर्धामा आएर चुनाव लड्दिनँ, महाधिवेशनबाट अध्यक्ष हुन्न भनेकै छु । प्रचण्डजी तपाईं त ३२ वर्षदेखि आफू निरन्तर अध्यक्ष हुनुहुन्छ, तपाईंलाई अरू के त्याग चाहिएको हो ? आफूले पहिले गरेर देखाउनुस्, त्याग कस्तो हुन्छ ? माधवजी १६ वर्ष महासचिव हुनुभएकै हो, एकपटक त्याग गरेर देखाउनुस्, झलनाथजी १३ वर्षसम्म महासचिव र अध्यक्ष हुनुभएको हो, पार्टी कहाँ पुगेको थियो आफैँ समीक्षा गर्नुस् ।

जनताले पक्कै रेकर्ड राखेका छन् । मैले प्रस्ट पारेका कुराहरूमा भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस् ।

सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन ।

अपिल गर्दै पार्टी एकता जोगाउनुपर्छ, सबैले गम्भीरतापूर्वक कुरा राखौँ, भारतसँगको वार्ता पनि टुंगो लगाउनुपर्नेछ, परिपक्व भएर जानुपर्ने स्थिति छ, एउटा निष्कर्षमा पुग्नुपर्नेछ, प्रधानमन्त्रीले पनि राख्नुहोला, प्रधानमन्त्रीका नजिकका साथीहरू पनि हुनुहुन्छ, तपाईंहरूप्रति कसैको केही गुनासो होइन, पार्टीलाई पद्धतिसंगत ढंगले चलाउने कुरा उठाइएको हो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार