रुपन्देहीमा कार र मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु

१६ असार २०७७, मंगलवार १०:११ मा प्रकाशित

रुपन्देही । जिल्लाको सैनामैनामा कार र मोटरसाइकल ठोकिदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गको सैनामैना नगरपालिका वडा नम्बर -६ शान्तिटोलमा कपिलबस्तु बाट बुटवल तिर आउदै गरेको एकैघरका बाबुछोराको मृत्यु लु २ च ८५२९ नम्बरको कार र विपरित दिशा तर्फ जाँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सबार एकै घरका बाबू छोरोको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार सैनामैना नगरपालिका वडा नम्बर १ का ५० वर्षिय टेकबहादुर परियार र उनका छोरा र ३० वर्षिय सन्तोष परियार रहेका थिए । दुर्घटना परि गम्बिर घाईते भएका उनिहरुलाई लुम्विनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो दुवै जनाको उपचारको क्रममा मृत्यु भएको बताईएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार