साउन ७ गतेसम्म “लुजडाउन” कायमै राख्ने सरकारको निर्णय

१५ असार २०७७, सोमबार २१:२७ मा प्रकाशित

काठमाडौ । सरकारले आंशिकरूपमा खुलेको लकडाउन अरथात लुजडाउनलााई ७ साउनसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसबेलासम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय लिएको छ ।

 

स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको एक मन्त्रीको भनाई छ । 

यस अघि सरकारले २८ जेठमाकोरोना नियन्त्रण र रोकथामका लागि गरेको कठोर लकडाउन खुकुलो बनाउने निर्णय लिएको थियो । 

जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशिकाअनुसार सुरुमा स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा पहिलो चरणमा खुला गरिएको थियो । 

 

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार