एमसीसी सुचारु गर्ने समयावधि थप गर्न नेपालले माग्यो समय

१५ असार २०७७, सोमबार १९:४७ मा प्रकाशित

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति थप गर्न माग गरेको छ ।

एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’

पूर्वनिर्धारित मिति १६ असार २०७७ देखि कार्यान्वयन सम्भव नभएको भन्दै एमसीए नेपालले यस्तो आग्रह गरेको हो । कार्यान्वयन सुरु हुनु भन्दा पहिला पूरा गर्नुपर्ने प्रक्रिया छिटो सम्पन्न गर्न आफूहरू सक्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार