नेपालको सबै जिल्लामा पुग्यो कोरोना

१३ असार २०७७, शनिबार १६:३३ मा प्रकाशित

काठमाण्डौ । नेपालको ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले संक्रमण हुन बाँकी रहेको रसुवामा पनि संक्रमित भेटिएको बताए।

थप ५५४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ।

पछिल्ले २४ घण्टामा थप १३६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केएसँगै नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २ हजार ८३४ पुगेको छ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार