प्रधानमन्त्री ओलीलाई स्थायी समिति बैठकको रिपोर्टिङ गर्ने जिम्मा रिमाललाई

उज्यालो प्रतिनिधि १३ असार २०७७, शनिबार समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी छ ।

बैठकको सुरुको दिनमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे । दुवैले एक अर्काको आलोचना गरे ।

तर, हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । ओलीको बैठकमा चर्को आलोचना भयो । ओली आजको बैठकमा केही समय सहभागी भए ।

ओली सहभागी नभएपछि उनका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘बैठकमा भएका कुरा प्रधानमन्त्रीज्यु समक्ष सहजै आइपुगिहाल्छ, त्यही भएर प्रधानमन्त्रीज्यू बैठकमा नबस्नुभएको हो ।’

यही क्रममा किन प्रधानमन्त्री अनुपस्थित भएको भन्ने विषयमाथि खोजतलास हुँदा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले केही स्थायी समिति सदस्यहरुलाई भनेका छन्, ‘प्रधानन्त्रीज्युलाई, स्थायी समिति बैठकमा उठेका विषयहरु म बिफ्रिङ गरिहाल्छु, उहाँ नबस्दा केही फरक पर्दैन ।’

विशेषगरी अरुको आलोचना सुन्ने सामथ्र्य नराखेको भन्दै प्रधानमन्त्रीको बैठकमा आलोचना भइरहेको छ । प्रधानमन्त्रीलाई बैठकको रिपोर्टिङ रिमालले गर्ने र सोही अनुसार जवाफ दिने ओली सचिवालयका एकले उज्यालो नेटवकलाई जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार