दोस्रो चरणमा दक्षिण कोरियाबाट ३ सय नेपाली फर्क‌ंदै

१३ असार २०७७, शनिबार १४:०३ मा प्रकाशित

दक्षिण कोरिया ।  दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको छ। दक्षिण कोरियामा रहेका ३०० नेपाली फर्क‌ंनै पर्ने अवस्था रहेको दूतावासले जनाएको छ।

गत शनिवार कोरियन एयरले दक्षिण कोरियामा अलपत्र परेका २२८ जना नेपालीहरुलाई काठमाडौं ल्याएको थियो। उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको थियो।

कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल फर्कंनै पर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो।

अहिले कोरियास्थित नेपाली दूतावासमा ११ सय जनाभन्दा बढी नेपालीहरु विविध समस्यामा रहेको बताएको छ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार