रौतहटमा एकैदिन तीन बर्षिय बालक सहित २८ जना कोरोनालाई जितेर घर फर्किए

१३ असार २०७७, शनिबार १०:०७ मा प्रकाशित

रौतहट । जिल्लाको चन्द्रपुरमा रहेको कोरोना अस्थायी अस्पतालबाट कोरोनालाई जितेर शुक्रबार तीन बर्षिय बालक सहित २८ जना घर फर्किएका छन ।
जिल्लाको चन्द्रपुर २ स्थित शहिद स्मृति पार्कमा निर्माण गरिएको सुबिधासम्पन्न आइसोलेसन लाई कोरोना अस्थाई अस्पताल नामाकरण गरीएको थियो । सो अस्पतालबाट शुक्रबार साझ जिल्लाकै बृन्दावन नगरपालिकाका तीन जना , गढीमाई नगरपालिकाका १९ जना , गुजरा नगरपालिकाका चार जना र चन्द्रपुर नगरपालिकाका दुई जना गरि जम्मा २८ जनाले आज कोरोना भाईरसको संक्रमणलाई जितेर घर फर्किएका हुन ।

कोरोना जित्नेहरुमा तीन बर्षको बालकदेखि ५२ बर्ष सम्मका संक्रमितहरु रहेका थिए । सो अस्पतालमा मा ३६ जना संक्रमित रहेका मध्ये आज २८ जनामा गरीएको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन । बाकी आठ जानाको को पछिल्लो पीसीआर रिपोर्ट पुन पोजेटिभ नै आएपछि उनिहरुलाई यथास्थानमै आईसोलेट गर्नुपरेको चन्द्रपुर सरकारी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड श्यामबाबु साहले बताए ।


कोरोना भाईरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुले नयाँ जिन्दगी पाएको अनुभब भएको भन्दै खुशी समेत व्यक्त गरेका थिए ।
कोरोना लाग्यो भन्दैमा आत्तिन नहुने र उच्च मनोबल राखि खानपान र ब्यक्तिगत सरसफाईमा ध्यान पुर्याए सहजै कोरोनालाई जित्न सकिने उपचारमा संलग्न स्वास्थ्यकर्मी मातृका चालिसेले बताएका छन् ।

रौतहटमा शुक्रबारसम्ममा कुल संक्रमितहरुको संख्या एकहजार एकसय १५ रहेको छ भने डिस्चार्ज भई घर जानेको संख्या सातसय ४३ पुगेको छ । चन्द्रपुर, बृन्दाबन, गढिमाई, र गुजरा नगरपालिकाकाको संयुक्त लगानीमा बनाइएको सो अस्थायी कोरोना अस्पतालबाट पहिलो लटमा २८ जना संक्रमित निको भई घर पुगेको पहिलो रेकर्ड रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार