सुदूरपश्चिममा २२१ जनामा कोरोना संक्रमण पुष्टि

१३ असार २०७७, शनिबार ०८:५५ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ८५९ पुगेको छ ।

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा १८६ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको जाँचमा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

कैलालीमा ३७, कञ्चनपुरमा ४४, डोटीमा ७१, डडेलधुरामा एक, दार्चुलामा तीन, बझाङमा नौ, बजुरामा २७, बैतडीमा २५ र अछाममा दुई जना थप सङ्क्रमित फेला परेको पुष्टि भएको हो । प्रदेशमा शुक्रबारसम्म सबैभन्दा बढी कैलाली जिल्लामा ५५३ जना सङ्क्रमित पुगेका छन् ।

कञ्चनपुरमा ३०४, अछाम १०८, बैतडी २०२ बझाङ ६५, बाजुरा १२८ डडेलधुरा २१९, दार्चुला १६ र डोटी जिल्लामा २६२ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट बिहीबारसम्म कूल एक लाख १९ हजार ७६१ जनाको जाँच गरिएकोमा प्रभावकारी मानिएको पिसिआर पद्धतिबाट मात्रै १५ हजार ३१९ जनाको जाँच गरिएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार