विश्वभर कोरोना संक्रमितको संख्या झण्डै १ करोड ! मृतकको संख्या ५ लाख नजिक

१३ असार २०७७, शनिबार ०८:०५ मा प्रकाशित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।
वल्डोमिटर्सका अनुसार कोरोनाबाट विश्वका २ सय १५ मुलुकका ९९ लाख ४ हजार ९ सय ९४ जना संक्रमित पुगेका छन् । हालसम्म ४ लाख ९६ हजार ८ सय ६६ जना संक्रमितको ज्यान गएको छ ।

विश्वभरका संक्रमितमध्ये ५३ लाख ५७ हजार ७ सय ७६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ ।

यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार