Breaking : मध्यरातमा करोडौंको बुद्धचित्त माला लुटपाट, पाँच घाइते

उज्यालो प्रतिनिधि १२ असार २०७७, शुक्रबार मुख्य नेटवर्क

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समुहद्धारा करोडौँको बुद्धचित्त माला लुटपाट भएको छ ।

रोशीस्थित सिपाली नागबेलीमा रहेको बुद्धचित्त मालासँगैका तीनवटा घरसमेत तोडफोड गरी गएराति अन्दाजी साढे १० बजेको समयमा ५०/६० जनाभन्दा बढीको समुहले माला लुटेका हुन् । हातहतियार सहित आएका उनीहरुले हवाई फायर समेत गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।

घट्नास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरुसँग मध्यराति दोहोरो झडप समेत भएको थियो ।

झडपका क्रममा ४ जना गम्भिर घाइते भएका छन् भने एकजना सामान्य छन् । घाइते हुनेहरुमा श्याम लामा, जित बहादुर तामाङ, बाबू लामा, शेखर लामा, वाङटुब लामा छन् । घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बुद्धचित्त मालाहरुमध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो ।

काभ्रेका गुन्डा नाइके भनेर परिचित सत्य लामाले सुरुमा यो माला लिँदै आएका थिए । तर, पछि विविध कारण देखाउँदै मालाधनीले अर्कै माला व्यापारी मान बहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी, लगायतका टिमलाई बिक्रीगरे ।

घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।

सर्वोच्च अदालतमा सत्य लामाले आफूले माला पाउनुपर्ने माग गर्दै मुद्दा दायर गरेका थिए । तर, आफ्नो सम्पति कसलाई बेच्ने भन्ने सम्पूर्ण अधिकार घरधनीलाई भएको भन्दै अदालतले सत्य लामाको विपक्षमा फैला गरेको थियो ।

सर्वोच्चको फैसलासँगै माला व्यापारी मान बहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठी लगायतका टिमले ८१ लाखमा माला किनेका थिए ।

बुद्धचित्त मालाको कारण विभिन्न विवादहरु भइरहेपछि यो पटक देखि रोशि गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधि समेत बनाएर ५ प्रतिशत कर निर्धारण गरेका थिए ।

गाउँपालिका वनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको ४ लाख ५० हजार पालिकालाई कर तिरिसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार