वैदेशिक अध्ययन स्वीकृत पत्र पुनः सुचारु गर्न शिक्षा नेकाको शिक्षामन्त्रीलाई आग्रह

११ असार २०७७, बिहीबार २०:४९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग विशेष भेटवार्तासहित छलफल गरेको छ । संघका अध्यक्ष सन्तोष प्याकुरेल, कोषाध्यक्ष रमण कोइराला लगायत संघका सदस्यहरूले मन्त्री पोखरेलसँग भेट गरी छलफल गरेका हुन् ।

छलफलका क्रममा वैदेशिक अध्ययनमा गएका बिद्यार्थीहरुको स्थिति र परिस्थितिको बारेमा मन्त्री पोखरसँग द्धिपक्षीय छलफल भएको छलफलपछि अध्यक्ष सन्तोष प्याकुरेलले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

विदेश अध्ययनमा जादा बिद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमती पत्र ९ ल्य यदवभअतष्यल० जारी गर्ने प्रक्रियालाई पुनः सुचारु गर्ने मोडालिटिको बारेमा पनि छलफल भएको उनले बताए ।

हाल नेपालमा दुई हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्थाहरु संचालनमा भएतापनी कोभिड–१९ को महामारीका कारण तीन महिना देखि बन्द छन् भने ल्इऋ रोकिएका कारणले ४ महिना देखी बिदेश अध्ययन प्रक्रिया अवरुद्ध छ जसले गर्दा लगभग ४ हजार बिदेश अध्ययनमा जान चाहने विद्यार्थीहरु पनि मारमा छन् ।

योसँगै ५ अर्ब को लगानी र लगभग ४० हजार कर्मचारीको जागीर जोखिममा परेको जनाएको छ।

यस अघिपनी रास्ट्रीय शैक्षिक परामर्श संघले ल्इऋ खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासँग भेटघाट गरेको थियो।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार