फेसबुकमा बेसारे तस्बिर र प्रधानमन्त्रीको बेसार मोह संयोग मात्र

११ असार २०७७, बिहीबार १८:०६ मा प्रकाशित

रमेश खड्का काशी,दुबई । यतिबेला सामाजिक सञ्जाल फेसबुकमा एउटा एप्स निकै ट्रेन्डिङ भइरहेको छ । जसबाट बनाइएका तस्बिरहरु प्राय सबैको प्रोफाइल देखि फेसबुकका भित्ताहरुमा छ्याप छ्याप्ति भेट्न सकिन्छ । अन्य देशको तुलनामा भन्दा हाम्रो देश नेपालमा भने केही दिन यता बेसार रङको तस्बिरहरुले महत्त्वपूर्ण स्थान पाएका छ्न । साधारण फेसबुकका युजर देखि लिएर नेता,कार्यकर्ता, कलाकार हुँदै प्रधानमन्त्रीकै नजिक रहेका व्यक्तीहरुले समेत बेसार रङको तस्बिरहरु पोस्ट गरिरहेका छ्न । यो रङको तस्बिरहरु किन सामाजिक सन्जालमा एका-एक भाइरल बन्दैछ केही चर्चा गरौ ।

केही दिन पहिले नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न बेसार पानी प्रयोग गर्न सकिने आसय व्यक्त गरेका थिए । यस बिसयलाई लिएर सामाजिक सन्जालमा प्रधानमन्त्रीको निकै मजाक उडाइयो भने कतिपयले प्रधानमन्त्रीको भनाइलाई सहमत पनि जनाए ।

यस पछि सामाजिक सञ्जालमा व्याकराउण्ड बेसार रङ राखेर आफ्ना फोटोहरु डिजाइन गरि दिन प्रतिदिन पोस्ट हुनेक्रम जारी छ ।

बेसार रङको फोटो बनाउने एप्स र प्रधानमन्त्री केपि शर्मा ओलि बिच कुनै तालमेल छैन । हाल सामाजिक सञ्जाल फेसबुकमा रंगीरहेका बेसारे तस्बिरहरु एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा रहेको फोटोल्याब पिक्चर इडिटिङ भन्ने एप्सबाट बनाइन्छ । यो एप्स मोबाइलको प्ले स्टोरमा सन २०१० डिसेम्बरमा पहिलो पटक रिलिज गरिएको हो भने सन २०२० को जुन महिनामा पुन अपडेट गरिएको छ ।

यो एप्स न त कुनै राजनैतिक नेता वा कुनै देशका प्रधानमन्त्रीको भनाइलाई आधार मानिएर बनाइएको हो न त नेपालसँग यसको कुनै सम्बन्ध नै छ । यो एउटा यस्तो एप्स हो जसलाई Android Development कम्पनी Linerock investment LTD बनाएको हो । उक्त एप्सबाट विभिन्न किसिमका फोटोहरुलाई आफ्नो इच्छा अनुसार अति सरल तरिकाले डिजाइन गर्न सकिन्छ । हालसम्म यो एप्स दस करोड भन्दा बढी पटक डाउनलोड भइसकेको छ भने गुगल प्लेमा ४.४ रेटिङमा रहेको छ ।

यसरी हेर्दा हाल नेपाली सामाजिक सञ्जालमा फैलिरहेका बेसारे रङका तस्बिरको चर्चा र प्रधानमन्त्री केपि शर्मा ओलीको पछिल्लो अभिव्यक्ति एउटा सम्योग मात्र हो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार