चिनियाँ सेनाले देपसाङ सेक्टरमा आफ्नो गतिविधि बढाउन थाले

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार समाचार

एजेन्सी । भारत र चीनका बीच सीमामा तनाव कम हुने लक्षण देखिएको छ । चिनियाँ सेनाले देपसाङ सेक्टरमा पनि आफ्नो गतिविधि बढाउन थालेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार चीनले पूर्वी लद्दाखको दौलत बेग ओल्डी (डीबीओ) हवाई स्ट्रीपबाट ३० किलोमिटर र देपसाङबाट २१ किलोमिटर टाढा ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यहाँको क्याम्पमा सैन्य बख्तरबन्द गाडी र तोप पनि पुर्याइएको छ ।

भारत र चीनबीच भारतको गलवान घाटी, पैङ्गोग र हट स्प्रीङ क्षेत्रमा तनाव जारी रहेको छ । लद्दाखको गलवान घाटीमा १० दिनअघि भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको थियो । झडपपछि खिचिएको भूउपग्रहको तस्विरमा गलवान नदी क्षेत्र नजिक रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को दुवैतिर चीनको सेनाले क्याम्पको निर्माणलाई तीव्र बनाएको छ । एलएसीको नजिक थुप्रै क्याम्प निर्माण भएको तस्विरमा देख्न सकिन्छ । गलवान घाटीमा १५ जुन भएको हिंसक झडपमा भारतका २० सैनिक मारिएका थिए ।

यो तस्विर गलवान घाटीको पेट्रोल प्वाइन्ट–१४ को हो । २२ मे मा लिइएको पहिलो तस्विरमा सो क्षेत्रमा एकमात्र टेन्ट देख्न सकिन्छ । तर, दोस्रो तस्विरमा त्यहाँ टेन्टको संख्या बढेको देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार