चन्द्रपुर नगरपालिकाको छैठौ नगरसभा सम्पन्न, उपसचिब सिग्देलको चौतर्फि प्रशंसा

११ असार २०७७, बिहीबार १२:५२ मा प्रकाशित

रौतहट । आगामी आर्थिक बर्ष ०७७\०७८को लागी चन्द्रपुर नगरपालिकाले एकअर्ब १५ करोड ८६ लाख रकमको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
बुधबार निजानन्द धाम स्थित सभा हलमा भएको कार्यक्रममा नगर उपप्रमुख रामरती चौधरीले निती तथा प्रस्तुत गर्दै चालु तर्फ ६० करोड १५ लाख पूँजीगत तर्फ ५५ करोड ७१ लाख बजेट प्रस्तुत गर्नुभएको हो ।

आन्तरीक आय करीब १४ करोड ,संघ बाट ,प्रदेशबाट र अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुबाट बिभिन्न शिर्षकमा प्राप्त हुन आउने रकम गरी कुल एक अर्ब १५ करोड ८६ लाख बजेट प्रस्तुत गरीएको चन्द्रपुर नगरपालिकाका आन्तरीक लेखापरीक्षण अधिकृत कृतिराज सुबेदिले जानकारी दिएका छन् ।

नेपाल सरकारले तोकेको समयसिमा अबधि भित्रै नगरसभामा निती तथा कार्यक्रम टेबल गराउन कार्यालय प्रमुखको भुमिका महत्बपूर्ण भएको भन्दै जनप्रतिनिधिहरू लगायत स्थानियले प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलको चौतर्फि प्रशंसा गरेका छन् । जिल्लाका केही स्थानियतहहरुमा भने अझै नगरसभा हुन सकेको छैन ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार