मन्त्री दुलालले गरे १५ शैयाको नगर अस्पतालको शिलान्यास, यस्तो बन्नेछ अस्पातल

१० असार २०७७, बुधबार १९:२७ मा प्रकाशित

काभ्रे । जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नम्बर ७ नौबिसेमा बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा निमार्ण हुन लागेको १५ शैयाको नगर अस्पतालको आज एक कार्यक्रमका बिच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलालले शिलान्यास गर्नु भएको छ ।

कोभिड -१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भौतिक दुरी कायम गरि भएको कार्यक्रममा मन्त्री दुलालले बागमती प्रदेशका ६६ बटै निवार्चन क्षेत्रमा चिकित्सकिय सेवाको बिस्तार हुने र प्रदेशका ५५ लाख भन्दा बढी नागरिकले आफुलाई पायक पर्ने ठाँउबाट स्वास्थ्य सेवा लिन सक्ने गरि प्रदेश सरकारले ब्यबस्था गर्न लागेको बताउनु भयो । उहाँले नागरिकलाई गुणस्तरिय स्वास्थ्य दिने योजनाका साथ प्रदेश सरकारले हालका अस्पतालहरुको क्षमतामा दोब्बर बृदि गर्न लागेको समेत जानकारी दिनुभयो ।

२०७८ साउनमा भौतिक संरचना निमार्ण सम्पन्न हुने अस्पतालको प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको ७ करोड नगरपालिकाको २ करोड गरि जम्मा ९ करोड लगानी उक्त अस्पताल निमार्ण हुने बताईएको छ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल,बसुन्धरा हुमागाई नगर प्रमुख टोकबहादुर वाईबा,धुलिखेल अस्पतालका प्रमुख नगेन्द्र कुमार झा, स्थानिय जनप्रतिनिधी लगायत व्यक्तिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

मन्त्री दुलाल आजै सो स्थानमा रहेको क्वारेन्टाईनको अबलोकन गरि त्यहाँ रहेका व्यक्तिहरु समस्याको बारेमा जानकारी समेत लिनु भएको थियो।।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार