बागमती गाउँपालिकाले कृषि ,पुर्वाधार र पशुपालन ब्याज अनुदानलाई प्राथमिकता दिने

१० असार २०७७, बुधबार १३:०८ मा प्रकाशित

प्रकाश थिङ ,ललितपुर । जिल्लाको बागमती गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले कृषि,पुर्वाधार र पशुपालन ब्याज अनुदानलाई प्राथमिकता दिने बताएका छन ।

गाउँपालिकाले पुरानो योजनाहरुलाई प्राथमिक्ता दिदै पर्यटन बिकास कार्यक्रम, राडर क्षेत्र पर्यटन बिकास कार्यक्रम सञ्चालन, तिनपाने भञ्ज्याङ तरकारी संकलन केन्द्र निर्माण, गाउँपालिका स्तरिय अस्पताल निर्माण, बैदेशिक रोजगारबाट फर्केर आउने युवालाई गर्ने ब्यबसायमा लाग्नको लागि ब्याज अनुदान कार्यक्रम लागू गरिने भएको छ ।

गाउँपालिकालाई बितिय समानिकरण अनुदान संघिय सरकारबाट ७ करोड ३३ लाख प्रदेश सरकार बाट ९८ लाख ९४ हजार शशर्त अनुदान संघिय सरकारबाट १९ करोड ५२ लाख, प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार, संघिय सरकार राजस्व बाँडफाटबाट ५ करोड १३ लाख प्रदेश सरकार बाट १ करोड ५८ लाख ३४ हजार ,बागमती गाउँपालिकाको आन्तरिक आय ५ करोड ६३ लाख,रजिस्ट्रेसन दस्तुरबाट ५० लाख गरि बागमती गाऊपालिका को अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार