प्रकाश थिङ, ललितपुर । नेपाली काङ्ग्रेस महालक्ष्मी नगरपालिका ललितपुरको वडा नं १,२,३,४ इमाडोलको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी बालकोट उप शाखा भक्तपुरको सह-आयोजनामा रक्तदान कार्यक्रम महेन्द्र आदर्श मा.विमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ८० जनाले रक्त दान गरेका छन । कार्यक्रमका प्रमुख अतिथी नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले सम्बोधन गर्दै यो बिपदलाई जित्ने कोशीस गर्नुपर्ने र त्यसका लागि नेपाल तरुण दल सधैं जनताको साथमा रहेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महालक्ष्मी नगरपालिकाले कोराना संक्रमणको जोखिम समयको अवस्थामा रगत अभाव नहोस भन्ने उदेश्यका साथ लकडाउनको समयमा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रममा सम्पन्न गरेको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका सभापति दिवाकर शिलवालले बताए ।
कार्यक्रममा युवा नेता तथा समाजसेवी मंगलकुमार थापा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य शङ्कर सिंह,लगायत दर्जनौको उपस्थिती रहेको थियो । कार्यक्रमका सभापति श्री प्रकाश पराजुलीले रगत अभाबका कारण कसैको ज्यान नजावस भनेर यो बिपदमा यो कार्यक्रम गरिएको बताउँदै रक्तदान गरी जीवनदान गर्ने सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन्।