लनाम तामाङको ‘फुलबुट्टे स्ह्यामा’ सार्वजनिक

६ असार २०७७, शनिबार १३:४२ मा प्रकाशित

काभ्रे/ काभ्रे तेमालका गायक तथा संगीतकार प्रयास दोङको संगीतमा रचनाकार प्रज्वल दोङको शब्दमा लनाम तामाङको “फुलबुट्टे स्ह्यामा” बोलको गीत सार्वजनिक भएको छ ।

तामाङ ह्वाइ युट्युब च्यनालबाट सार्वजनिक भएको उक्त गीतमा गीतकार प्रज्वल दोङको शब्द रहेको गितमा संगीत एरेन्ज प्रयास दोङले गरेका छन । यस गीतमा बेनु लामा र सबैको मन मुटुमा बस्न सफल गायिका जितु लोप्चानको सुमधुर स्वर रहेको छ ।

यस गितले गाउँ घरमा पहिले देखी चलेको चलानलाई मौलिक लयमा ढालेर तामाङ परिवेशलाई जीवन्त दिन खोजीएको छ। यसमा केटा केटी भेट घाट हुने क्राममा ठट्यौली लयमा बोलीचाली हुँदै माया प्रेममा पार्दै जानू यस गीतको सार हो । र तामाङ कला भाषा संस्कृतिलाई पनि यस गितले समिश्रण गरिएको छ ।

यस गीतलाई सेलो म्युजिक स्टुडियोमा रेकर्ड सम्पन्न गरेका हुन । भने मिडिया पर्टनर शैतिम खवरको रहेको छ । यो गितको मिक्सिङ दिपेश प्रधानले गरेको छन । भने गीतलाई तामाङ ह्वाई युटुब मार्फत शुक्रबार सार्वजनिक गरेको संगीतकार प्रयास दोङले जानकारी दिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार