अवैध काठ उद्योग संचालन गर्ने पक्राउ

५ असार २०७७, शुक्रबार १७:४५ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । इलाका प्रहरी कार्यालय मिर्चैयाकाले भारी परिमाणमा अवैध सालको चिरान काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालीका वडा नं.३ बन्दिपुरका रामवृक्ष महतोको घरबाट काठ सहित कामदार धनुषा क्षिरेश्वर नपा २४ वर्षिय रोशन कुमार महतोलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा महतोको घरमा लुकाई छिपाई राखेको अस्थामा ६५.१७ क्यूविफिट सालको काठ सहित उपकरण बरामद गरेको हो । प्रहरीले घरको कोठामा लुकाई राखेको अवस्थामा ९० थान सालको चिरान, झ्यालको तयारी फ्रेम तीन सय तीन थान बरामद गरेको छ । सोही क्रममा २ थान मोटर, ३ थान रन्दा, प्लापार्ने ग्रेन्टर २ थान, आरा एक थान र आड इन्च बेन्च ग्रिन्डर एक थान सहित ९ थान लगाएत उपकरण बरामद गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जनाएको छ ।

पक्राउ परेका मानिस सहित बरामद सामग्री आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय लहानलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) विनोद घिमिरेले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार