नेपालमै ‘बोक्न मिल्ने शौचालय’, मुल्य पनि सस्तो

उज्यालो प्रतिनिधि ५ असार २०७७, शुक्रबार फोटो समाचार

काठमाडौं । कोभिड–१९ को सङ्क्रमितलाई लक्षित गरी नेपालमा निर्माण गर्न थालिएको ‘बोक्न मिल्ने शौचालय’को बढ्दो रहेको छ । अहिलेसम्म पाँच सय २३ शौचाल विक्री भएको र तीन हजार पाँच सयको माग रहेको यसको निर्माण गरिरहेको सुन्दर यातायात प्रालिले जनाएको छ । यसको मूल्य रु १३ हजार पाँच सय रहेको छ ।

पहिलोपटक बिजुली बस शुरु गरेको सो कम्पनीले नेपाली र चिनियाँ जनशक्तिको प्रयोग गरी स्वदेशमा नै शौचालय बनाउन शुरु गरेको हो । सो शौचालय आइसोलेशन, क्वारेन्टिन र घरमै क्वारेन्टिन बस्नेका लागि बढी उपयोगी हुनसक्ने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । काठमाडौँ उपत्यकालगायत उपत्यकाबाहिर पनि सम्भावित छुट्टै शौचालय आवश्यक भएको भन्दै यसको माग बढिरहेको छ । उनले भने– ‘यसलाई घरको छत, बरन्डा वा अरू कुनै पनि स्थानमा राखेर प्रयोग गर्न सकिन्छ ।’

क्वारेन्टिनमा रहेकाले सामूहिक शौचालय प्रयोग गर्दा कोरोनाको जोखिम बढाएको भन्ने जानकारी आएपछि सो प्रालिले ‘एक व्यक्ति, एक शौचालय’को अवधारणाअनुरुप यसको निर्माण गरेको हो । यसको तौल धेरै नभएकाले सजिलै एउटा ठाउँबाट अर्को ठाउँमा लैजान सकिने र सजिलै जोड्न सकिने उनले बताए । उनले भने– ‘शौचालयमा आवश्यक सामग्री पनि भित्र राख्न सकिने गरी मिलाइएको छ ।’
रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार