क्वारेन्टाइनमा बिहे सम्पन्न, बिवाहित जोडी अलग-अलग होम क्वारेन्टिनमा

३ असार २०७७, बुधबार ०९:४० मा प्रकाशित

दाङ जिल्लाको एक क्वारेन्टिनमा एउटा जोडीले बिहे गरेका छन । उनिहरु छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए दुवै जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका २३ बर्षिय पुरुष र २१ बर्षिय महिलाले परिवारको सहमतिमा विवाह बन्धनमा बाँधिएको वडा अध्यक्ष भरत अर्यालले उज्यालो नेटवर्कलाई जानकारी दिए ।

क्वारेन्टिन नजिक पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरेर अहिले दुवैजना होम क्वारेन्टिनमा बसेका छन । उनिहरुलाई एक हप्ता सम्म अलग अलग बस्न भनिएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार