८ लाख ५० हजार नगदसहित मालपोत कार्यालय डिल्लीबजारका ६ कर्मचारी अख्तियारको फन्दामा

उज्यालो प्रतिनिधि २ असार २०७७, मंगलवार समाचार

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारी ८ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विशेष टोलीले उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरेका हुन् । पक्राउ हुनेहरुमा मालपोत कार्यालयका शाखा अधिकृत रघुवंश कँडेल, नासु नवराज घिमिरे, नासु नारायण प्रसाद पोखरेल, नासु उद्धव प्रसाद सापकोटा, खरिदार दिपक खनाल, नासु गोपाल खड्का छन् ।

पक्राउ परेका कर्मचारीहरुले काठमाडौंका एक जग्गा धनीसँग कित्ताकाटका लागि घुस मागेका थिए ।

काठमाडौंका एकजना जग्गा धनीले जग्गा बिक्रीका लागि कित्ताकाट गर्न खोजेका थिए । सबै जग्गालाई २४ कित्तामा विभाजन गर्ने ती व्यक्तिको तयारी थियो ।

यही योजनाका साथ उनी डिल्लीबजार पुगे । डिल्लीबजार पुग्दा कर्मचारीले उनीसँग पैसाको ‘डिल’ गर्न खोजे । अख्तियारको फन्दामा परेका ६ जनाको समुहले सुरुमा ती व्यक्तिसँग प्रतिकित्ता २ लाख रुपियाँ मागे ।

२४ कित्तामा जग्गा विभाजन गरे बापत् उनीसँग ती कर्मचारीको समुहले ४८ लाख मागे ।

यो पनि पढ्नुस्, : अख्तियारको फन्दामा परेका ६ कर्मचारी, जसले जग्गा कित्ताकाट गर्न ४८ लाख मागेका थिए

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार