जिरो बजेट नेचुरल फार्मिङ

२ असार २०७७, मंगलवार १५:०४ मा प्रकाशित

–राजकुमार सुवेदी/

जिरो बजेट नेचुरल फार्मिङ सबैभन्दा सफल जैविक कृषि प्रणाली हो । यस कृषि प्रणालीको मुख्य उद्देश्य भनेको किसानको लागत नगद खर्चलाई सुन्यमा लैजानु र उत्पादनलाई बढाउनु हो । यस खेति प्रणालीमा सिंथेटिक मल, सिंथेटिक किटनाशक, आनुवंशिक रुपमा संशोधित जिवहरु {GMOs} को उपयोग गरिदैन । यस खेती प्रणाली र अर्गानिक कृषि प्रणाली एउटै हैन किनकी श्द्यल्ँ मा किसानका लागत मुल्य धेरै हुन्छ ।

यस कृषि प्रणालीमा Multiple Cropping गरिन्छ । जसअनुसार मुख्य बालीको लागि आउने लागत खर्चलाई साहयक बालीको उत्पादनले रिकभर गर्नेगर्दछ ।
जिरो बजेट नेचुरल फार्मिङ २० औँ शताब्दी को अन्त्यतिर सुरुभएकोे हो । यस खेति प्रणालीको सुरुवात १९९० मा भारतका किसान तथा वैज्ञानिक शुभाष पेलकर ले गरेका हुन । दक्षिण एसिया विषेश गरेर भारतमा करिव ५० लाख किसानहरुले यस खेति प्रणालीलाई अवलम्बन गरेका छन् । भारत सरकार द्वारा घोषणा गरिएको सन २०२२ सम्म किसानको आम्दानी दोब्बर बनाउने उद्देश्यलाई पुरा गर्नका लागि यस खेति प्रणालीलाई अबलम्बन गरिदैछ । त्यसैले गर्दा नेपालमा समेत यस खेति प्रणालीलाई अबलम्बन गर्न जरुरी छ ।

जिरो बजेट नेचुरल फार्मिङ का आफ्नै सिद्धान्तहरु छन् । ति सिद्धान्तहरुलाई छोटकरीमा तल व्याख्या गर्न चाहान्छु ।
क) मनोवैज्ञानिक तनाव मुक्त किसान हुनुपर्छ ।
ख) रैथाने बालीको प्रयोग गर्नुपर्छ ।
ग) किसानलाई चाहीने बिउ, मल, बायोपेस्टिसाइड किसान आफैँले उतदन गर्नुपर्छ ।
घ) Multiple Cropping हुनुपर्छ ।

जिरो बजेट नेचुरल फार्मिङ चारवटा खम्बाहरु छन् । जिवअमृत, विजअमृत, मल्चिङ र वापसा {Moisture} चार खम्बा हुन जसको प्रयोगबाट किसानको लागत नगदलाई कम गर्दछ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार