जो कोरोनालाई जिते घर फर्किए

२ असार २०७७, मंगलवार १०:०१ मा प्रकाशित

रौतहट रौतहट चन्द्रनिगाहपुर स्थित एन्फाहल आईसोलेसनमा उपचाररत रहेकाहरु मध्ये सात जाना युवाहरु कोरोनालाई जितेर आ आफ्नो घर फर्किएका छन् ।
जिल्लाको गढीमाई नगरपालिकाका पाँच जाना र गुजरा नगरपालिकाका दुई जाना गरी सात जनामा पछिल्ला पि.सि.आर. रिपोर्टहरु दुबैपटक नेगेटिभ आएपछि उनिहरूलाई डिस्चार्ज गरीएको चन्द्रपुर अस्पतालका स्वास्थ्यकर्मी मातृका चालिसेले बताए ।

आफ्ना पालिकाका संक्रमित युवाहरु कोरोनामुक्त भएपछि उनिहरुलाई लिन र हौसला प्रदान गरीदिन नगरका जनप्रतिनिधिहरु आईसोलेसन स्थल पुगेका थिए । उनिहरुलाई शुभकामना दिदै गढीमाई नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबले अबिर र माला लगाएर खुशीभाब ब्यक्त गर्दै स्वास्थ्यलाभको शुभकामना ब्यक्त गरेका थिए ।

चन्द्रनिगाहपुरमा रहेको एन्फाहल आईसोलेसनमा उपचाररत रहेका ३२ मध्य पहिलो सात जना डिस्चार्ज भई स्वस्थ्य अबस्थामा घर पठाउन पाउदा आफूलाई अत्यन्तै खुशी महसुस भएको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताएका छन् ।

त्यसैगरी रौतहटमा आज थप ९८ जना मा कोरोना सङक्रमण को पुष्टि भएको छ जसममध्ये इशनाथ न.पा मा ३३ जना,यमुनामाइ गा. पा मा ४७ जना,राजपुर न.पा मा८ जना,राजदेवी न.पा मा ९ जना,फतुवा बिजयपुर न.पा मा १ जना संक्रमित थपिएका छन् । यो संगै रौतहटमा कुल संक्रमितको संख्या ८६९ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार