क्वारिन्टिनमा लैजाँदै गर्दा भीरमा हाम फालेका युवाको मृत्यु

१ असार २०७७, सोमबार १५:३६ मा प्रकाशित

पर्वत । क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।

बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

लु२ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार