गुल्मीको सिमलटारीमा आँखा उपचार केन्द्र स्थापना हुने

कमल राज पुरी ३२ जेष्ठ २०७७, आईतवार फोटो समाचार

कमल राज पुरी ,गुल्मी  । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर -८ मा ‘सिमलटारी आँखा उपचार केन्द्र’ स्थापना हुने भएको छ । नेपाल नेत्रज्योति सँघ केन्द्रीय कार्यालय बाट मालिका गाउँपालिका वडा नम्बर -८ मा ‘सिमलटारी आँखा उपचार केन्द्र ‘ खोल्न स्वीकृत गरि जेठ २५ गते पत्र पठाइएको थियो ।

स्थापना हुन गइरहेको सिमलटारी आँखा उपचार केन्द्रको सञ्चालन सम्बन्धि बैठक जेठ ३२ गते सम्पन्न भएको छ । उक्त बैठकले गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा संरक्षक रहने गरि ७ सदसीय तदर्थ सञ्चालक समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा मालिका गाउपालिका वडा नम्बर -८ का अध्यक्ष टीका जिसी , कोषाध्यक्षमा मुक्तिराम पौडेल , सदस्यहरुमा तुल्सिराम अर्याल ,सावित्रा अर्याल,वसन्त राज भुसाल, रुद्र बहादुर केसी र सदस्य सचिवमा हिम बहादुर पौडेल रहनुभएको छ ।

 

अहिले पुरानो स्वास्थ्य चौकि भवन ढावमा केन्द्र सञ्चालन गरिने ,थप जग्गा उपलब्ध गराउन र केन्द्रमा काम गर्ने प्राविधिक कर्मचारी (O.A) को पारिश्रमिक वाफत प्रत्येक आर्थिक वर्षको लागि कम्तिमा पाँच लाख रुपैयाका दरले उपलब्ध गराउनका लागि मालिका गाउपालिकालाई अनुरोध गर्ने वडा अध्यक्ष टीका जिसीले उज्यालो नेटवर्कलाई जानकारी दिनुभयो ।

 

सिमलटारीको ढावमा भएको उक्त बैठकमा मालिका गाउपालिकाका अध्यक्ष- रित बहादुर थापा , उपाध्यक्ष- देवा अर्याल, स्वास्थ्य सँयोजक -वसन्त राज भुसाल, नेत्र ज्योति सँघ गुल्मीका सभापति- शेर बहादुर थापा,उप सभापति -अखिलेश्वर प्रसाद पाण्डे ,सचिव -राजेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष -पदम प्रसाद पाण्डे, गुल्मी आँखा उपचार केन्द्रका प्रमुख- सुर्य बहादुर वस्नेत लगाएतको उपस्थिती रहेको थियो ।
बैठकमा बोल्दै गाउपालिका अध्यक्ष थापाले गाउपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष देवा अर्यालले आँखामा सामान्य समस्या हुदा पनि टाढा जानुपर्ने समस्याको अन्त्य हुने बताएका थिए ।

आँखा उपचार केन्द्रका लागि नेपाल नेत्र ज्योति संघ गुल्मीले तत्काल एक लाख रूपैया उपलब्ध गराउने सभापति शेर बहादुर थापाले बताउनु भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार